कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक सातादेखि बेपत्ता युवक मृत फेला 

कान्तिपुर संवाददाता

खोटाङ — जिल्लाको जन्तेढुंगा गाउँपालिका–१ बोपुङका २१ वर्षीय आशिष राई मृत फेला परेका छन् । गत फागुन ९ गते शिवरात्रीको दिन हराएका उनी स्थानीय कुटीटारस्थित सुनकोसी नदीको किनारमा मृत फेला परेका हुन् । 

राईको लडेर, पानीमा डुबेर या अन्य कारणले मृत्यु भएको भन्ने यकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी उनको शव पठाइएको डीएसपी गौतमले बताए ।


प्रकाशित : फाल्गुन १५, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?