कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खोटाङको मनमाया राई विमानस्थलमा परीक्षण उडान

डम्बरसिं राई

खोटाङ — जिल्लाको मनमाया राई खानीडाँडा विमानस्थलमा परीक्षण उडान भएको छ । नेपाल वायुसेवा निगमले मंगलबार परीक्षण उडान भरेको हो ।

खोटाङको मनमाया राई विमानस्थलमा परीक्षण उडान

विमानस्थल मर्मतका लागि गत २० महिनादेखि उडान बन्द गरिएको थियो । उक्त विमानस्थलमा मर्मत सकिएपछि परीक्षण उडान भरिएको हो ।


सातामा दुई दिन नियमित उडान भरिने वायु सेवा निगमका निर्देशक दीपुराज जुहारले बताए । ‘यो विमानस्थलमा शनिबार र मंगलबार गरी हप्तामा दुईचोटी फ्लाइट हुन्छ’ जुहारले भने,‘यसले जनतालाई सेवा पुग्ने छ ।’


खानीडाँडामा आयोजित कार्यक्रमका प्रदेशसभा सदस्य रामकुमार राईले विमानस्थलले पहाडका जनताको प्रत्यक्ष रुपमा फाइदा पुर्‍याउने भएकाले बढीभन्दा बढी नियमित उडान भर्नुपर्ने बताए । बिरामी तथा असक्तका लागि अन्य यातायातले मात्र सेवा नपुग्ने भएकाले जहाजबाट सहर जान सहज हुने भएकाले धेरै नियमित उडान राख्नुपर्ने सांसद राईको भनाइ थियो ।


जग्गादाता तथा अर्का प्रदेशसभा सदस्य उषाकला राईले जनताको सेवाका लागि आफूहरुले जग्गा दिएको र उक्त जग्गामा निर्माण गरिएको विमानस्थल जनताको सेवामा उपयोग हुनु पर्ने बताइन् । निर्माणका लागि लामो समयसम्म बन्द रहेकाले जनतामा पर्न गएको मर्काप्रति आफूहरु संवेदनशील बन्नुका साथै निर्माणमा तीव्रताका लागि समेत पहल गरिएको राईले सुनाइन् ।


नागरिक उड्ड्यन प्राधिकरणले ५ करोड ३० लाख रुपैयाँ खर्च गरेर निर्माण गरको हो ।

प्रकाशित : फाल्गुन १३, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?