कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संखुवासभा साक्षर घोषणा 

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभालाई ५३ औं साक्षर जिल्ला घोषणा गरिएको छ । विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शुक्रबार खाँदबारीमा आयोजित एक कार्यक्रममा ५३ औं साक्षर जिल्लाको रुपमा घोषणा गरे । 

संखुवासभा साक्षर घोषणा 

यो जिल्लामा ९५ दशमलव ६३ प्रतिशत साक्षर छन् । उनले आगामी २ वर्षभित्र देशलाई साक्षर राष्ट्रको रुपमा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भन्दै बालबालिकाहरुलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका लागि देशका सामुदायिक विद्यालयका शिक्षकहरु शैक्षिक गुणस्तर निमार्ण गर्न लाग्नुपर्ने बताए । मन्त्री पोख्रेलले सम्बोधनकै क्रममा देशभरी ३९ हजार शिक्षक अपुग रहेको स्मरण गरे । प्राविधिक धारको शिक्षक र ल्याब शिक्षाको समाधान गर्न नेपाल सरकार लागि परेको पनि उनले बताए।

प्रकाशित : फाल्गुन ९, २०७६ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?