१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वीपी प्रतिष्ठानमा तलबवृद्धिबारे आरोप-प्रत्यारोप

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचरीहरुक तलब वृद्धिका विषयमा कार्यवाहक उपकुलपति, चिकित्सक समाज र प्रतिष्ठानका कार्यकारिणी सदस्यबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

वीपी प्रतिष्ठानमा तलबवृद्धिबारे आरोप-प्रत्यारोप

उपकुलपति बन्ने दौडमा रहेका कार्यवाहक उपकुलपति प्रा. डा. गुरु खनालले आफूलाई प्रतिष्ठानका कार्यकारिणी समितिका सदस्यले असहयोग गरेपछि तलब वृद्धि गर्न नसकेको चिकित्सक समाजसँग बताएपछि आराेप प्रत्याराेप सुरु भएको हो । कार्यकारिणी सदस्यहरुले खनालले शिक्षक, चिकित्सक, कर्मचारीहरुले माग गरेको तलब वृद्धिबारे कुनै प्रस्ताव पेस नगरेको बताएका छन् ।


प्रतिष्ठानको दुई महिनाअघि बसेको ४३ औं ‘सिनेट’ले तलब वृद्धिसम्बन्धी निर्देशिका पारित गरेको थियो । प्रतिष्ठानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले फ्याकल्टी तथा कर्मचारीको तलब कम्तिमा २० प्रतिशत तलब वृद्धि गर्न माग गरेपछि ‘सिनेट’ले निर्देशिका पारित गरेको थियो । तर, समाजको मागबारे खनालले आफूलाई मातहतका पदाधिकारी र कार्यकारिणी सदस्यबाट असहयोग भएको भन्दै एक्लै निर्णय गर्न नसकेको बताएका हुन् । उनको त्यो भनाइमा कार्यएकारिणी सदस्यहरुले आपत्ति जनाएका हुन् ।


कार्यकारिणी सदस्यहरुले तलब वृद्धिको निर्णय गर्न नसक्ने र सिनेटले मात्र गर्ने भएकाले आफूहरुलाई यो प्रकरणमा लतार्नु गलत नियत भएको बताएका छन् । आपत्ति जनाउने प्रतिष्ठानका कार्यकारिणी सदस्यहरुमा अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह, प्रा. डा. पशुपति चौधरी र प्रा. डा. निर्मला लिम्बू छन् । उनीहरुले कावा उपकुलपतिले आव्हान गरेको सवै कार्यकारिणी समितिका बैठकमा सहभागिता जनाएर ११५ प्रस्तावहरुलाई सकारात्मक निकास दिन सहयोग गर्दापनि आफूहरुलाई असहयोग गरेकाले भन्नु कपोलकल्पित, भ्रामक र असत्य भएको उद्यदेख गरेका छन् ।


सदस्य अस्पताल निर्देशक प्रा डा गौरिशंकर साहले भने, ‘कार्यवाहक उपकुलपतिको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ । हुँदै नभएको आरोप कासका सदस्यमाथि थोपरेर कावा उपकुलपति ‘पानी माथि ओभानो’ बन्न खोजेको देखियो । शिक्षक, चिकित्सक, कर्मचारीले माग्दै आएको तलब वृद्धि सम्बन्धी प्रस्ताव बैठकमा राख्दै नराखी सदस्यहरुले असहयोग गरे भन्नु गैरजिम्मेवारी हो ।’


समाजका अध्यक्ष डा. विष्णु पोखरेल र महासचिव डा सुर्य रिमालले पनि विज्ञप्ती जारी गर्दै कासकै सदस्यहरुको असयोगले तलब वृद्धिको निर्णय एक्लै गर्न नसकेको जानकारी कावा उपकुलपति डा खनालले दिएको उल्लेख गर्दै आन्दोलनको विकल्प नरहेको बताएका थिए ।


काठमाडाैं रहेका कावा उपकुलपति डा. खनालले आफूले कार्यकारिणी समितिका सदस्यहरुलाई कुनै दोष नदिएको बताए । उनले सिनेटले वीपी प्रतिष्ठानले तलब वृद्धि गर्ने हैसियत पुग्छ भने वृद्धि गरेर खुवाउने भनेको बताए । उनले भने, 'कासका सदस्यले असहयोग गरेर तलब वृद्धि गर्न नसकेको भनेर चिकित्सक समाजले जारी गरेको विज्ञप्तीमा कुनै सत्यता छैन । कासका सदस्यहरुले जारी गरेको आफ्नो भनाइसहितको स्पस्टोक्तीमा सत्यता छ ।’ उनले स्वास्थ्य विमाको करिव १८ करोड रुपैयाँ सरकारले प्रतिष्ठानलाई दिन बाँकी रहेकाले त्यो रकम प्राप्त भएपछि कति वृद्धि गर्न सकिन्छ सोहीअनुसार तलब खुवाउने बताए ।

प्रकाशित : फाल्गुन ६, २०७६ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?