२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रंगेली अस्पतालमा तनाव कायमै, त्रिपक्षीय वार्ता

विनोद भण्डारी

विराटनगर — प्रसूति गराउन पुगेकी गर्भवती महिला र बच्चाको उपचारका क्रममा मृत्यु भएपछि मंगलबार पनि रंगेली अस्पताल तनावग्रस्त बनेको छ ।

मृतकका आफन्तले चिकित्सकको लापरबाहीले आमा र बच्चाको मृत्यु भएको भन्दै प्रदर्शन जारी राखेका हुन् ।

प्रसूतिका लागि अस्पताल भर्ना भएकी रंगेली नगरपालिका ९ दोभनाकी २५ वर्षीया रविना सरदार र बच्चाको मृत्यु सोमबार भएको थियो ।


मृत बच्चा जन्माएकी सरदारको स्वास्थ्य अवस्था थप गम्भीर हुँदा समेत डाक्टरले समयमै उपचारमा ध्यान नदिएकोले मृत्यु भएको आफन्तको आरोप छ । मृतक सरदारका ठूलोबुबा रामनारायण सरदारले अस्पतालले समयमै रिफर नगरेको बताए ।


मृतकका आफन्तले मंगलबार मध्याह्‍नसम्म लास बुझेका छैनन् । अहिले अस्पताल व्यवस्थापन समिति, मृतकका आफन्त र जनप्रतिनिधिबीच त्रिपक्षीय वार्ता भइरहेको छ ।


अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा अशोक ठाकुरले सरदार प्रसूति गराउन आउँदा सुरुमा ठीकै रहेको स्वीकारे । डा. ठाकुरले प्रसूति गराउँदा आमा र बच्चाको साल छुट्टिने बेलामा एम्योलिक फुयुड इन्बोलिजमका कारण आमालाई समेत असर हुनसक्‍ने बताए । उनले बच्चा जन्मँदा धड्कन नभएपछि करिब ४५ मिनेट सीपीआरमा राखेर उपचार गराउँदा समेत बच्चा नफर्किएको जानकारी दिए ।

प्रकाशित : फाल्गुन ६, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?