मोटरसाइकल जुध्दा २ को मृत्यु, २ जना घाइते

विनोद भण्डारी

विराटनगर — मोरङको सुन्दर हरैचास्थित सलकपुरमा शुक्रबार मध्यरात दुई मोटरसाइकल आपसमा जुध्दा २ जनाको घटनास्थलमा मृत्यु भएको छ । २ जना सख्त घाइते छन् ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम गएको र पश्चिमबाट पूर्व गएको को ३७ प १७ र को ३४ प ६६०२ नम्बरको मोटरसाइकल जुध्दा सुन्दर हरैचा ८ का विशाल खत्री र १२ का अपर्ण गुरागाईंको मृत्यु भएको हो । प्रहरीको अनुसार लक्ष्मण खत्री र प्रवीण थापा सख्त घाइते छन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?