१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जनताको काम छोडेर जनप्रतिनिधि कर्णालीतिर !

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुर नगरपालिकाका १७ जना जनप्रतिनिधि र कर्मचारी गत आइतबारदेखि कणार्लीका स्थानीय तहको भ्रमणमा छन् । उक्त टोली मुगुको रारा नगरपालिकामा रहेको कार्यपालिका सदस्य राधिका तामाङले बताइन् ।

जनताको काम छोडेर जनप्रतिनिधि कर्णालीतिर !

आइतबार भोजपुरबाट निस्केको टोली अझै ५–६ दिन उतै रहने उनले जानकारी दिइन् । जनप्रतिनिधि र कर्मचारी लामो समय घुम्न जाँदा नगरपालिकाबाट हुने सेवा प्रवाह अवरुद्ध भएको छ ।


कार्यालयका अधिकांश शाखा कर्मचारीविहिन छन् । कार्यालयको आर्थिक कारोबार चलाउने अधिकार निमित्त प्रशासकीय अधिकृत इन्जिनियर अरुण हमाललाई दिइएको छ । त्यो अधिकार मौखिक रूपमा मात्रै दिइएको हमालले बताए । 'लिखित जिम्मेवारी नदिएकाले आर्थिक कारोबार लगायतका काम गर्न सकेको छैन,' हमालले भने ।

१७ जनाको टोलीमा नगरपालिकाबाट नगरप्रमुख कैलाशकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशाकीय अधिकृत रामप्रसाद ढुंगेल, लेखाप्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, चार वडाध्यक्ष, प्राविधिक र कम्प्यूटर अपरेटरलगायत छन् ।

नगरपालिको कामका लागि आएका आङपासाङ शेर्पाले भने, ‘जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको सम्पूर्ण कामकाज नै ठप्प पारेर हिँड्नु चरम लापरवाही हो । भ्रमणमा गएको विषयमा अन्य कर्मचारीलाई थाहा छैन । जनप्रतिनिधि यस्ताे गैर जिम्मेवार हुनसक्छन् ?’

नाम नखुलाउने शर्तमा एक वडाध्यक्षले भने, ‘नगर कार्यपालिकाको बैठकमा भ्रमणबारे कुनै पनि निर्णय भएको छैन । जानकारी नै नदिइ यसरी जान नमिल्नुपर्ने हो ?’

प्रकाशित : फाल्गुन २, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?