कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बुबाको कुटपिटबाट छोरीको मृत्यु

अर्जुन राजवंशी

बिर्तामोड — झापाको शिवसताक्षी नगरपालिका–९ दुधेमा बुबाको कुटपिटबाट एक युवतीको मृत्यु भएको छ । ४६ वर्षीय बुबा भीमबहादुर ठटालको कुटपिटबाट २६ वर्षीया छोरी रेखा ठटाल लिम्बूको मृत्यु भएको हो । 

मादक पदार्थ सेवन गरी भीमबहादुर बिहीबार राति ११ बजे घर पुगेका थिए । सो क्रममा बुबा–छोरीबीच विवाद भएको थियो । वादविवादकै क्रममा भीमबहादुरले काठको लौरोले छोरीमाथि कुटपिट गरेका थिए । बुबाको कुटपिटबाट रेखा गम्भीर घाइते भएकी थिइन् । टाउको र अनुहारमा गम्भीर चोट लागेकी रेखालाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको थियो । आइसीयुमा उपचारका क्रममा रेखाको शुक्रबार मध्यान्ह १२ बजे मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


छोरीमाथि कुटपिट गर्ने भीमबहादुरलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा राखेको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?