कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गच्छदार प्रकरणमा कांग्रेसद्वारा प्रदेशसभा १ मा अवरोध    

देवनारायण साह

विराटनगर — प्रतिपक्षी कांग्रेसले अवरोध गरेपछि आइतबारको प्रदेश-१ को प्रदेशसभा बैठक कार्यसुचीमै प्रवेश नगरी स्थगित भएको छ । कांग्रेस सांसदहरुले राजनीतिक पूर्वाग्रह राखेर उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा फसाएको भन्दै अवरुद्ध गरेका हुन् । 

गच्छदार प्रकरणमा कांग्रेसद्वारा प्रदेशसभा १ मा अवरोध    

बैठक प्रारम्भमै कांग्रेस सांसदहरु उभिएका थिए । त्यसपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न आग्रह गरे । तर कांग्रेस सांसदहरु नबसेपछि सचेतक सूर्यमाराज राईलाई सभामुख भण्डारीले ण्बोल्न समय दिए । राइले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने काम गलत भएको आरोप लगाए ।

कारबाही प्रक्रिया नसच्याए लगातार सदन अवरोध गर्ने उनले बताए । लामो संघर्ष र बलिदानबाट प्राप्त स‌ंघीयतालाई रक्षा गर्नुपर्ने धारणा उनले राखे । त्यसपछि सभामुख भण्डारीले बैठक सोमबार दुई बजेसम्मका लागि स्थगित गरे ।


हिउँदे अधिवेशनको स्रौ बैठक कांग्रसले अवरुद्ध गरेको हो । हिउँदे अधिवेशन यही माघ २३ गतेदेखि शुरु भएको हो ।

बैठकमा आइतबार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेश गर्ने कार्यक्रम तय भएको थियो ।


यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति गच्छदारलाई कारवाही गर्न गरेको सिफारिसको कांग्रेस विराटनगर महानगरपालिका समितिले विरोध जनाएको छ । समितिले विराटनगरको शनिहाटबाट विरोध र्‍याली निकाली स्थानीय हनुमान मन्दिर नजिककै कोणसभाको आयोजना गरेको थियो ।

प्रकाशित : माघ २६, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?