कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको फिदिम नगरपालिका–४ थापाटारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फिदिम–४ माझिटारका शुक्रराज माझिको मृत्यु भएको पाँचथर प्रहरी कार्यालयमा प्रहरी निरिक्षक तथा सूचना अधिकारी रोहन अर्यालले जानकारी दिए ।

दुर्घटनामा परि ट्याक्टरमा रहेका १२ वर्षीय बालक मनिस माझी घाइते भएका छन् । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एफएक्स निर्माण कम्पनीको ग १ त ३७९९ नम्बरको ट्याक्टर मेची राजमार्ग अन्तर्गत हेवा खेला छेउमा शनिबार साँझ दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित : माघ २६, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?