३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हत्या गरी जलाएको अवस्थामा शव फेला

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोडमा हत्या गरेर जलाएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेस्थित परालको माचमा आगो लगाएर जलाएको अवस्थामा शव फेला परेको हो ।

हत्या गरी जलाएको अवस्थामा शव फेला

स्थानीय ऐनकुमार राजवंशीको परालको माचमा शव फेला परेको हो । परालको माचमा सोमबार राति १२ बजेतिर आगो लागेको वडाध्यक्ष नगेन्द्रप्रसार संग्रौलाले जानकारी दिए । बिहान आगो लागेको पराल हेर्न जाँदा वरिपरि रगत देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको संग्रौलाले बताए ।

आगो लागेको परालको माचदेखि करिब एक सय मिटर पूर्वमा मकै खेतमा पुरुषको लिंग जस्तो देखिने मानव अंग फेला परेको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको उनले बताए । घटना रहस्यमय भएकाले नेपाल प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : माघ २१, २०७६ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?