छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — छोरी बलात्कारको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् ।


केही दिनअघि १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए ।


केही दिनअघि आफनै छोरीलाई बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बुबा पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए ।

प्रकाशित : माघ २०, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पटवालले दिए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । बुधबार सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अगाडि उनको राजीनामा आएको हो । उनको राजीनामा भने लिग-२ पछि लागू हुनेछ ।

लिग-२ मा नेपालले अमेरिका र ओमानसँग २/२ गरी ४ खेल खेल्ने छ । नेपालले पहिलोपटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

भारतीय पटवाल सात महिना नेपालको मुख्य प्रशिक्षक बनेका थिए । उनलाई जगत टमाटाको स्थानमा ल्याइएको थियो । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बन रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्सँग नेपालको प्रशिक्षक बन्न पटवालसँग एक वर्षे सम्झौता भएको थियो ।

सम्झौताअनुसार पटवालले मासिक ७ हजार डलर पाउँथे । तर क्यान निलम्बन भएको अवस्थामा पटवाललाई आईसीसीले परिषद्‌मार्फत पारिश्रमिक दिँदै आएको थियो । पटवालले आफूले सम्झौताअनुसारको पारिश्रमिक नपाएको गुनासो गर्दै आएका थिए ।

पटवालले लिग-२ पछि आफूले पद त्याग्न लागेको बन्द प्रशिक्षणका क्रममा टोलीका केही वरिष्ठ खेलाडीहरुलाई बताउँदै आईसीसी र क्यानमा आफ्नो राजीनामा पठाएका थिए ।

पटवालको प्रशिक्षणमा नेपालले खासै राम्रो नतिजा दिन सकिरहेको थिएन । सिंगापुरमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल लज्जास्पद हार व्यहोर्दै बाहिरएको थियो ।

मंसिरमा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा पनि नेपालले कांस्य पदक जिते पनि नेपालको प्रदर्शन सन्तोषजनक हुन सकेको थिएन ।

प्रकाशित : माघ २०, २०७६ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×