कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रेमीसँग मिलेर पतिको हत्या

देवनारायण साह

मोरङ — कटहरी गाउँपालिका–७ की एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन् । कटहरी–७ की दयाबती सरदारले प्रेमी स्थानीय बोस भन्ने ३६ वर्षीय बद्री सरदारसँग मिलेर ४५ वर्षीय पति विकास सरदारको हत्या गरेकी हुन् । हत्या आरोपमा प्रहरीले दयाबती, बद्रीसँगै स्थानिय ललन सरदार र मुकेश सरदारलाई पक्राउ गरेका छन् ।

कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी मोरङले उनीहरुलाई मंगलबार सार्वजनिक गरेको छ ।

दयाबतीको बद्रीसँग दुई वर्षदेखि अनैतिक सम्बन्ध रहेको विकासले जानकारी पाइसकेपछि ललन र मुकेशको साथ लिएर माघ ५ गते राति हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए । विकासको शव माघ ६ गते ग्रामथान गाउँपालिका–३ स्थित ढङटोलीस्थित सडक छेउको खाल्डोमा फेला परेको थियो ।


प्रहरीले मृतक विकासको टाउकोमा चोट देखेपछि हत्या भएको आशंकामा अनुसन्धान सुरु गरिएको थियो । ‘छानबिन गर्ने क्रममा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्दै आएका विकासको घरमा माघ ५ गते राति बद्री, ललन र मुकेश गई सँगै मदिरा सेवन गरेको खुलेको थियो,’ उनले भने, ‘मदिरा खाएपछि उनीहरुले विकासलाई तास खेल्न जाउँ भनी ललाईफकाई लिएर गई फलामको मुसल टाउकोमा प्रहार गरेको र त्यसबाट पनि नमरेपछि घाँटी थिचेर हत्या गरिएको थियो ।’

प्रकाशित : माघ १४, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?