कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शीत भण्डारको जग्गामा गौचरन 

काँकडभिट्टा — दुई वर्षभित्र बनिसक्नुपर्ने शीत भण्डार अझै बनेको छैन । अघिल्लो वर्ष चैतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाको बिर्तामोड २ चैतुवारीमा शीत भण्डार बनाइने भनिएको थियो । 

त्यसबेला तरकारी र फलफूलजन्य वस्तुका लागि शीत भण्डार निर्माण गर्न सरकाले विर्तामोडको दिव्य शीत भण्डारलाई करिव ९ करोड ८८ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । दुई वर्षभित्र निर्माण गरी संचालन गर्नु पर्ने सम्झौतामा उल्लेख भए पनि सम्झौताको वर्ष दिन बित्न लाग्दा समेत शीत भण्डार निर्माण हुन सकेको छैन । शीत भण्डार निर्माणका लागि खरिद गरिएको बिर्तामोड २ स्थित त्रिवेणी टोलको ३७ कठ्ठा जमीनमा अहिले गौरचन छ । यो जमिन करिब २ करोडमा खरिद गरिएको हो । शीत भण्डारको कुल लागत करिब २४ करोड ८० लाख हो ।


‘शीत भण्डार बन्छ अरे भन्ने चै सुनेका हौं,’ एक स्थानीयवासीले भने, ‘तर, अहिलेसम्म काम शुरु भएकै देखिएको छैन ।’ शीत भण्डार निर्माणका लागि प्रारम्भिक वातवरणीय परीक्षण नभएको स्थानीयको भनाइ छ । शीत भण्डार निर्माणका जिम्मेवारमध्ये भीष्मराज चुडाल पनि हुन् । उनले श्रीमती अनिताको नाममा लगानी गरेका छन् । चूडालका अनुसार चाँडै वातावरणीय परीक्षण र नक्सापास गरेर निर्माण शुरु गरिने छ ।


शीत भण्डार निर्माण कम्पनीमा झापा र काठमाडौंका बैंकिङ क्षेत्रका प्रमुख, व्यवसायी, पत्रकार, वकिल र सांसद समेत १० जनाको टिम संलग्न छ । कम्पनीको अध्यक्ष विर्तामोडका हार्डवेयर व्यवसायी सुरेश सरिया हुन् । कम्पनीले १० महिनाभित्र निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । ‘१० महिनाभित्र सबै काम सकेर सञ्चालन सुरु गर्ने छौं’, चूडालले भने । उनका अनुसार शीत भण्डार निर्माण अघिभन्दा पनि निर्माणपछि चुनौती रहेको उनी बताउँछन् । ‘शीत भण्डार त जसोजसो बन्ला तर दीर्घकालसम्म सञ्चालनमा भने समस्या हुन सक्ने अनुमान छ’, चूडाल भन्छन् ।


प्रकाशित : माघ ११, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?