कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

६ हजार घूससहित ओभरसियर पक्राउ

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुर नगरपालिका भूकम्प शाखाका ओभरसियर प्रकाश तिवारी घूससहित पक्राउ परेका छन् । अख्तियारले घूस लिँदै गरेको क्रममा रंगे हात पक्राउ गरेको हो ।

६ हजार घूससहित ओभरसियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले तिवारीलाई प्रधान होटल एन्ड लज डाँडागाँउ भोजपुरबाट पक्राउ गरेको हो । उनले भूकम्प पिडितले पाउने अनुदान बापतको घर निर्माण पश्चात सिफारिस गर्ने क्रममा ६ हजार घूस लिएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।


पक्राउ परेका तिवारीलाई नियन्त्रणमा लिई इटहरी लगिएको र थप अनुसन्धानका लागि काठमाडौं पठाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।

प्रकाशित : माघ १०, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?