कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दुई बस ठोक्किँदा २६ घाइते 

उदयपुर — सगरमाथा राजर्मागको गाईघाट साउने खण्ड अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१४ जितपुरमा आज दिउँसो दुई वटा बस एक आपसमा ठोक्किँदा २६ यात्रु घाइते भएका छन् । 

गाईघाटबाट साउनेतर्फ जाँदै गरेको मे १ ख १७४० र विपरित दिशाबाट आउँदै गरेको बा २ ख ५४१८ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार २६ यात्रु घाइते भएका हुन् ।


बसमा खोटाङको दिपरुङ गाउँपालिकाका यात्रु बढी घाइते भएका छन् । गम्भीर घाइतेमा खोटाङ दिपरुङ गाउँपालिका–४ का ५५ वर्षीया डम्बरकुमारी खत्रीको छाती, टाउको र चिउडोमा चोट लागेको छ । अर्का उदयपुरको रौतामाई गाउँपालिका–६ का २९ वर्षीय सविन राईको कुम भाँचिएको छ । घाइतेको जिल्ला अस्पताल बोक्सेमा उपचार भइरहेको प्रहरी उपरिक्षक विरबहादुर बुढामगरले बताए ।

मे १ ख १७४० नम्बरको बस चालक फरार छन् । घुम्ती सडकमा मोडिन नसक्दा बस एक आपसमा ठोक्किएको व्यावसायीले बताए।

प्रकाशित : माघ ९, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?