कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धरानका पूर्वमेयर राईको निधन

सुनसरी — २०४९ सालको स्थानीय निकाय निर्वाचनमा धरान नगरपालिकाका मेयरमा निर्वाचित ध्यानवाहादुर राईको ६० बर्षको उमेरमा सोमबार निधन भएको छ । 

धरानका पूर्वमेयर राईको निधन

एक वर्षअघि फोक्सोमा क्यान्सर भएका राईको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा लामो समय उपचार गर्दापनि निको नभएपछि राईलाई एम्बुलेन्समार्फत नेपाल ल्याइएको थियो ।

राईको अन्तिम संस्कार खोटाङको लामिडामिडाडामा गर्ने पारिवारजनले जनाएका छन् ।


३० वर्षको उमेरमा धरानको मेयर भएका राई जनतामा लोकप्रिय थिए । राईका श्रीमती, एक छोरा र एक छोरी छन् ।


राई तत्कालिन एमालेबाट मेयरमा निर्वाचित भएका थिए । स्वर्गीय राई २०६४ सालको संविधासभा निर्वाचन पछि अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादीबाट मेयरमा उम्मेदवार थिए ।

प्रकाशित : माघ ६, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?