धनकुटामा गैरसरकारी संस्थालाई घर भाडामा नदिन चन्द समूहको उर्दी

धनकुटा — नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालनमा रहेका गैर सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजीओ) का कार्यालयलाई घरभाडामा नदिन उर्दी जारी गरेको छ ।

धनकुटामा गैरसरकारी संस्थालाई घर भाडामा नदिन चन्द समूहको उर्दी

पार्टीका धनकुटा इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापालेसंयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गर्दै एनजीओ र आइएनजीओलाई घर भाडा दिएको भएपनि हटाउन भनेका छन् ।


विज्ञप्तिमा ‘एनजीओ र आइएनजीओले देशलाई आर्थिक रुपमा शुन्य बनाउँदै लगेकोले त्यस्ता संस्थाका कार्यालय भाडामा दिएका घरबाट हटाउन भनिएको छ । यस्ता संस्थाहरुलाई सरकारले कारबाही गर्नुको साटो संरक्षण गरेको भन्दै राष्ट्रलाई आर्थिक संकटबाट बचाउन आफूहरु लागिपरेको दावी विज्ञप्तिमा गरिएको छ ।


गैर सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजीओ) ले देशैभरि जनताको इच्छा विपरित ढाटछल गरि जनतालाई दुखी बनाइ आफ्नो स्वार्थ पुरा गरिरहेकोले गतिविधि बन्द गर्न भनिएको छ ।


यसअघि पनि चन्द नेतृत्वको नेकपा निकट जिल्ला जनपरिषद धनकुटाले प्रेस बिज्ञप्ती जारी गरेर बित्तिय तथा लघुबित्त सस्थाहरुलाई आफ्नो कारोबार बन्द गर्न दवाव दिएको थियो ।


पुर्वका ६ जिल्लाका सुरक्षा प्रमुखहरुले प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि निस्तेज पार्न संयुक्त रुपमा रणनीतिक योजना अघि सार्ने घोषणा गरे लगत्तै उस्ले यस्तो विज्ञप्ति जारी गरेको हो ।


तीन दिन अघि धनकुटाको पाख्रीबासमा ६ जिल्लाका सुरक्षा प्रमुखको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा चन्द गतिविधि निस्तेज पार्ने प्रमुख एजेन्डा बनाइएको थियो ।

प्रकाशित : माघ ६, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?