३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इलेक्ट्रिकल इन्जिनियरहरुको समस्या समाधान गर्न मन्त्रीपरिषदमा लैजाने

सुनसरी — पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल संकायका पास आउटलाई नेपाल इन्जिनियरिङ काउन्सिलबाट मान्यता दिलाउने विषयमा त्रिपक्षीय सहमती भएको छ । सहमति पछि क्याम्पसम लागेको अनिश्चित तालाबन्दी खुलेको छ ।

त्रिविको आंगिक क्याम्पस भएपनि इलेक्ट्रिकल संकायबाट पास आउट भएका इन्जिनियरहरुलाई काउन्सिलले मान्यता नदिएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए । तालाबन्दीसहित आन्दोलनमा उत्रेपछि क्याम्पस प्रमुख ओमप्रकाश ढकाल, इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन महेन्द्रराज धिताल र विद्यार्थी प्रतिनिधिहरुबीच त्रिपक्षीय सहमती भएको हो ।


नेपाल इलेक्ट्रिकल समाजका अध्यक्ष नेत्रप्रकाश अर्यालका अनुसार क्याम्पसबाट इलेक्ट्रिकल संकायबाट ०७१ र ०७२ मा पास आउट भएका ब्याचलाई ४५ दिन भित्र काउन्सिलको सदस्यता लिन योग्य बनाउने सहमती भएको छ । उनका अनुसार क्याम्पस प्रमुख र सहायक डीनबीच विद्यार्थीको समस्या समाधान गर्न भौतिक तथा योजना मन्त्रालयले मन्त्रिपरिषद्का बैठकमा पठाउने निर्णय भएकाले तत्कालका लागि आन्दोलन स्थगित गरिएको छ ।


क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरको सर्टिफिकेट पाएपनि काउन्सिलले मान्यता नदिएपछि बेरोजगार हुनु परेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए ।

प्रकाशित : माघ ४, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?