कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

चन्द समूहका गतिविधि नियन्त्रण गर्न संयुक्त रणनीति

धनकुटा — पूर्वका ६ जिल्लाका सुरक्षा प्रमुखहरुले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि निस्तेज पार्न संयुक्त रुपमा रणनीतिक योजना अघि सार्ने भएका छन् ।

चन्द समूहका गतिविधि नियन्त्रण गर्न संयुक्त रणनीति

धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रको सभाहलमा कोसी अञ्चलका ६ जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले उक्त निर्णय गरेका हुन् । पूर्वका धनकुटा, तेह्रथुम, सुनसरी, भोजपुर, संखुवासभा र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्टिय अनुसन्धान, नेपाली सेनाका प्रमुखसहितको बैठक शुक्रबार सम्पन्न भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले जानकारी दिए ।

बैठकपछि शनिबार जारी विज्ञप्तिमा सुरक्षा चुनौती रहेका सवालमा सीमा जोडिएका सबै ६ जिल्लाका सुरक्षा निकाय समन्वय गरेर अघि बढ्ने उल्लेख गरिएको छ । जसमा विप्लव समूहका गतिविधि निस्तेज पार्न संयुक्त रणनीतिक योजनालाई उच्च प्राथमिकतामा राखी अघि सारिने उल्लेख छ । यसैगरी लागुऔषध नियन्त्रण, सामाजिक कार्यमा सक्रियता बढाउने, सडक अवरोध तथा दुर्घटना न्यूनीकरणलगायतका सवालमा समन्वय बढाउने जनाइएको छ ।

बैठकमा धनकुटाका प्रमुख जिल्ला अधिकारी घिमिरेसहित मोरङका मदन भुजेल, सुनसरीका राजेश पौडेल, तेह्रथुमका चन्द्रकला ओली, भोजपुरका नुरहरि खतिवडा र संखुवासभाका जीवनप्रसाद दुलालले जिल्लागत सुरक्षा अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित : माघ ४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?