कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गुडीरहेको बसमा आगलागी, ६ जना घाइते

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका ६ सिम्सुवामा विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा शुक्रबार साँझ अचानक आगोलागी भएको छ । गुडिरहेको यात्रुवाहक रिजर्भ बसमा आगलागी हुँदा त्यसमा सवार ६ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड अन्तर्गत सिम्सुवाको फेदी नजिक सडकमा गुडिरहेको ना ५ ख ८००३ नम्बरको बस आगो लागेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी प्रमुख सुदर्शनप्रसाद कोइरालाले जानकारी दिए ।

विराटनगरको इडेनवर्ग कलेजका विद्यार्थी धनकुटामा तालिम सकेर फर्कंदै गर्दा उनीहरु सवार बस गुडिरहेको बेला साँझ करिब साढे ६ बजे अचानक आगो लागेको जनाइएको छ । बसबाट हाम फाल्दा उनीहरु घाइते भएका हुन् । घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । बस जल्न थालेपछि यात्रुहरुमा भागाभाग मच्चिएको प्रत्यक्षदर्शीले बताए । गाडीका चालक र सहचालक भने फरार रहेको जनाईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : माघ ३, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?