कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रतिष्ठानको अक्सिजन प्लान्ट आंशिक रुपमा बन्यो

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चारदिन अघि बिग्रेको अक्सिजन प्लान्ट आंशिक रुपमा मर्मत भएपछि बुधबार बिहानदेखि अक्सिजन उत्पादन गर्न थालेको छ । 

प्रतिष्ठानको अक्सिजन प्लान्ट आंशिक रुपमा बन्यो

प्लान्टबाट अक्सिजन उत्पादन बन्द भएपछि गत आइतबार राति ११ बजेदेखि प्रतिष्ठानमा बेहोस बनाएर गरिने सबै खाले शल्यक्रियाहरु रद्ध गरिएको थियो ।


आकस्मिक शल्यक्रिया गर्नुपर्ने कतिपयलाई अन्यत्र रिफर गर्नु परेको प्रतिष्ठान स्रोतले जनाएको छ ।


प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवले अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएसँगै रोकिएका शल्यक्रियाहरु सुरु हुन थालेको बताए ।

प्रकाशित : माघ १, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?