एक हप्ताभित्र प्रदेश लोकसेवा आयोग गठन : मुख्यमन्त्री राई

देवनारायण साह

मोरङ — प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले एक हप्ताभित्र प्रदेश लोकसेवा आयोग गठन गर्ने बताएका छन् । प्रदेश समन्वय परिषद्को तेस्रो बैठकको समापनमा मंगलबार उनले जनशक्ति अभावले जनभावना अनुसार काम अघि बढ्न नसकेकोले कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न एक हप्ताभित्र लोकसेवा आयोग गठन गर्ने बताएका हुन् । संघीय सरकारले निजामती ऐन निर्माण नगरेकोले कर्मचारी भर्ना प्रक्रिया तत्काल सुरु गर्न कठिनाई भएको राईको भनाई थियो।

ZenTravel

बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश लोकसेवा आयोग गठन गरी जनशक्ति व्यवस्थापनको माग गरेका थिए।

Meroghar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई बुझाएको २९ औं वार्षिक प्रतिवेदनमा पनि प्रदेश लोकसेवा आयोग गठन तथा योग्यता प्रणालीका आधारमा कर्मचारी नियुक्ती गर्न सुझाव दिएको थियो।

प्रदेश–१ को मन्त्रीपरिषदले प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा राख्ने मंसिर २४ गते निर्णय गरिसकेको छ।

प्रकाशित : पुस २९, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चुनढुंगा खानीमा राखिएकाे सकेट बम सेनाद्वारा डिस्पोज [अपडेट] 

माधव अर्याल

पाल्पा — जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीस्थलमा भेटिएका सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार दिउँसो डिस्पोज गरेको छ । खानीस्थलमै रहेको स्काभेटरमा खतरा लेखेर राखेको मंगलबार बिहान देखिएपछि खानी संचालक र स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । 

बम राखेको आशंकामा प्रहरीले नेपाली सेनालाई खबर गरेको हो। सेनाको बम डिस्पोजल टोली पुगेर हेर्दा दुईवटा सकेट बम रहेको भेटिएको थियो।

सहसेनानी महेश ज्ञवालीका अनुसार दुवै सकेट बमलाई सुरक्षित रुपमा बाहिर निकालेर डिस्पोज गरिएको छ। ‘पहिला हेर्दा शंकास्पद वस्तु देखिएको थियो,’ उनले भने, ‘त्यसलाई खोजी गर्दै जाँदा दुईवटा सकेट बम भेटियो।’ प्राकृतिक स्रोत साधन दोहन गरेको गरेको आरोपमा नेत्रविक्रम चन्द समूहको जिल्ला जनपरिषद् पाल्पाले सर्वोत्तम मिनरल्सको चुनढुंगा खानीमा रहेको स्काभेटरमा बम राखेको पर्चामार्फत् जनाएको छ।

चुनढुंगा खानीको माथिल्ला भागको एउटा स्काभेटरमा खतरा लेखेर टाँसिएको थियो। वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार खतरा लेखेको देखिएपछि बिहानैदेखि माथिल्लो भागमा खानी उत्खनन् रोकिएको थियो। तल्लो भेगमा भने काम रोकिएको छैन। सर्वोत्त्तम सिमेन्टका प्रतिनिनि कालुराम दर्लामीले तल्लो भागमा खानी उत्खनन् नरोकिएको बताए। उनले ५० बढी ट्रिपरले चुनढुंगा निकासी गरिरहेको बताए।

खतरा लेखिएको स्थानमा फालिएको पर्चामा स्थानीय जनता र व्यवसायीको भावना विपरित खानी उद्योगले काम गरेको, जनसत्तामा दर्ता नगरी खानी सञ्चालन गरेको र प्राकृतिक स्रोत र साधनको दोहन गरेको उल्लेख गरिएको छ। सिद्देश्वरको खानीस्थल सदरमुकाम तानसेनबाट ४५ किलोमिटर पश्चिममा पर्छ। स्थानीय बासिन्दाले पानीको मुहान पुरिएको, धुलोधुँवाले हैरानी पारेको भन्दै पटकपटक खानी सञ्चालक समक्ष विरोध गर्दै आएका थिए।

प्रकाशित : पुस २९, २०७६ १५:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×