कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नापी सर्वेक्षक घूससहित पक्राउ

देवनारायण साह

मोरङ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले नापी कार्यालय बेलबारीका सर्वेक्षक दिनेशकुमार साहलाई ७ हजार घूस रकमसहित सोमबार पक्राउ गरेको छ । 

नापी सर्वेक्षक घूससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको प्रवक्ता ज्ञानेनद्रप्रसाद ढकालले सर्वसाधारणको जग्गा नापी गरी सिमांकन गरिदिने भन्दै ७ हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको बताए । उनले साहलाई इटहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : पुस २८, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?