प्रदेश–१ को अख्तियारमा एक वर्षमा १७८६ उजुरी

मोरङ — प्रदेश–१ मा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा गत आर्थिक वर्षमा १ हजार ७ सय ८६ उजुरी परेका छन् । प्रदेश–१ को उदयपुरबाहेकका जिल्ला र प्रदेश–२ को सिरहा र सप्तरीसहित १३ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा परेका १ हजार ७ सय ८६ उजुरी मध्यका ९ सय २१ उजुरी फर्च्यौट भएका छन् । 

प्रदेश–१ को अख्तियारमा एक वर्षमा १७८६ उजुरी

कार्यालयका सहसचिव रविलाल पन्थले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सोमबार बुझाएको वार्षिक प्रतिवेदनमा ८ सय ६५ उजुरीको दायित्व चालु आर्थिक बर्षमा सरेर आएको उल्लेख छ ।


एक वर्षमा मुलुकभरिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयहरुमा २४ हजार ८५ उजुरी दर्त्ता भएको सहसचिव पन्थले बताए । त्यसमध्य १५ हजार ५ सय २७ मुद्दा फर्च्यौट भएको उनले बताए ।


चालु आर्थिक बर्षको मंसिरसम्म ६ सय उजुरी दर्त्ता भएको कार्यालयका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए । चालु आर्थिक बर्षमा परेका उजुरीमध्ये १ सय ७९ पर्छयौट भएको र चालु आर्थिक बर्षको मंसिरसम्ममा गत बर्षको सहित कूल ३ सय ३० उजुरी पर्छयौट भएको ढकालले बताए ।

प्रकाशित : पुस २८, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?