२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ताप्लेजुङमा गाडी दुर्घटना, १ को मृत्यु, चालक घाइते

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङबाट मिक्‍वाखोला गाउँपालिका २ खोक्लिङ डाँडागाउँ जाँदै गरेको पिकअप गाडी बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक पदम थापा सख्त घाइते भएका छन् ।

ताप्लेजुङमा गाडी दुर्घटना, १ को मृत्यु, चालक घाइते

मिक्‍वाखोला गाउँपालिका २ का वडाध्यक्ष सुरेश थापाका अनुसार खोक्लिङकै ३५ वर्षीय पवित्रा थापाको घटनास्थलमै मृत्यु भएको हो । चालक थापालाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि झापा लगिएको छ । उनको करङभाँचिएको, घाँटीको हड्डीमा समस्या देखिएको र फोक्सोमा समेत असर परेको ताप्लेजुङका चिकित्सकको प्रारम्भिक अनुमान छ ।


७ जना यात्रु रहेको गाडीमा अरु सामान्य घाइते भएका थिए । उनीहरु स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् । मे १ ज ६६०६ नम्बरको ट्याक्सी थापागाउँस्थित सडक घुम्तीबाट मोडिने क्रममा पल्टिएको स्थानीयले बताएका छन् ।


प्रकाशित : पुस २५, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?