२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुर्घटनामा ३ को मृत्यु 

उदयपुर — उदयपुरको ताप्ली गाँउपालिका–२ धपेनीमा बुधबार साँझ जीप दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् । 

ताप्लीकै रामपुरझिल्केबाट बछाङ्ग जाँदै गरेको मे १ ज २६६२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत नभएको प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए ।


दुर्घटनामा परी चालक आशिष मगर, मतिलाल राई, बाबु राई र रसमाया राई गम्भीर घाइते भएका छन । उनीहरुलाई उपचारका लागि कटारी अस्पताल ल्याइदै गरेको प्रहरीले बताएको छ । जीप सडकबाट झण्डै डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो ।


त्यसैगरी बुधबार साँझ उदयपुरको सदरमुकाम गाइघाटबाट चुहाडेतर्फ जाँदै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुदाँ त्रियुगा नगरपालिका – ७ की २० वर्षीया सिमा दनुवारको मृत्यु भएको छ । टेम्पो चालक २८ वर्षीय हेमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : पुस २३, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?