कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेह्रथुमसहित उच्च पहाडी क्षेत्रमा हिमपात सुरु, जनजीवन प्रभावित

चन्द्र कार्की

तेह्रथुम — शुक्रबार दिउँसोदेखि तेह्रथुममा हिमपात सुरु भएको छ । हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के र जलजले क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मै भएका छन् । 

तेह्रथुमसहित उच्च पहाडी क्षेत्रमा हिमपात सुरु, जनजीवन प्रभावित

गुफा बजार क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीय गुफापोखरी आधारभूत विद्यालयकी प्रध्यानाध्यापक हिमा खनालले बताइन् । उनले भनिन्, ‘अहिले पनि हिउँ झरिरहेको छ । बाक्लो कुहिरो लागेकाले दिउँसै अँध्यारो भएको छ ।’

हिउँ परेपछि चिसो बढेको छ । घरपालुवा पशु चराउन लैजान समस्या भएको स्थानीयको भनाइ छ । चिसोका कारण वृद्धवृद्धा र बालबालिकालाई समस्या भएको छ । तेह्रथुमसहित माथिल्लो क्षेत्रमा यो दोस्रो पटकको हिमपात हो । यस क्षेत्रमा साताअघि मात्रै बाक्लो हिमपात भएको थियो ।

प्रकाशित : पुस १८, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?