कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्यटनमन्त्रीको जिल्लामा खोजीखोजी विदेशीलाई सम्मान

आनन्द गौतम

ताप्लेजुङ — नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन ताप्लेजुङ आएका विदेशी पर्यटकलाई सम्मान गरिएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको जिल्लामा आएका विदेशीलाई खोजीखोजी सम्मान गरिएको थियो ।

पर्यटनमन्त्रीको जिल्लामा खोजीखोजी विदेशीलाई सम्मान

हिमालयन गाइड्स एक्सपिडिसनबाट आएका दुई जनालाई मेवाखोला हिल रिसोर्ट र ताप्लेजुङ गेस्ट हाउसमा बसेका पाँच जनालाई सम्मान गरिएको छ ।


त्यस्तै सुकेटार विमानस्थलमा विमानबाट आएका पाहुनालाई समेत फूलमाला र खादा लगाएर सम्मान गरिएको थियो । स्वागतका लागि जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, नगरपालिका प्रमुख छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालगायतको टोली बिहानैदेखि सक्रिय भएको थियो ।


प्रजिअ निरौलाका अनुसार भ्रमण वर्षको पहिलो साँझ सदरमुकाम फुङलिङमा दीपावलीलगायतको कार्यक्रम छ । भ्रमण वर्षको अघिल्लो दिन सदरमुकाम फुङलिङको वीरेन्द्रचोकमा भ्रमण वर्षको लोगो बनाएर बेलुका दीपावली गरिएको थियो । बुधबार साँझ उद्योग वाणिज्य संघको आह्वानमा दीपावली गर्न लागिएको हो ।

हेलिकप्टरबाट आएका भारतीय नागरिकसहितलाई पाथीभरा मन्दिरमा समेत स्वागत गरिएको छ । पुरुषलाई नेपाली टोपी र महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका इञ्चार्ज धनराज तुम्बापोले बताए ।


वर्षमा ३ लाख तीर्थयात्री आउने पाथीभरामा यो वर्ष अधिक भारतीय नागरिक भित्र्याउने लक्ष्य राखिएको छ । यसका लागि सिक्किम, मणिपुर, दार्जिलिङ, सिलिगुडी, कोलकातासम्म प्रचार गरिएको छ ।

प्रकाशित : पुस १६, २०७६ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?