कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१ सय ८५ जनाको मोतीबिन्दुको शल्यक्रिया

एलिसा श्रेष्ठ

काठमाडौँ — ८४ वर्षीया विष्णुकुमारी राई मोतीबिन्दुका कारण वर्षौंदेखि आफ्नी छोरीलाई समेत चिन्न छाडिसकेकी थिइन् । उनी स्वर सुनेका भरमा मात्रै मान्छे चिन्थिन् । गाउँमै निःशुल्क आँखा उपचारको सेवा पाएपछि विष्णुकुमारीले छोरीलाई देख्न सक्ने भइन् ।

१ सय ८५ जनाको मोतीबिन्दुको शल्यक्रिया

आर्थिक स्थितिले अस्पताल जान नसक्ने आँखाका बिरामीलाई गाउँमै उपचार सेवा दिने उद्देश्यले पौवादुङमा गाउँपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । शिविरबाट १२ वर्षदेखि ८४ वर्षका वृद्धावस्थाका बिरामी लाभान्वित बनेका छन् ।

३ दिने शिविरमा १ सय ८५ जनाको मोतीबिन्दुको सफल शल्यक्रिया गरिएको छ । अन्य ७ सय २८ जना बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको छ । शिविरमा गाउँपालिकाका ६ वटै वडाका १७ सय ५० जनाले सेवा लिए छन् । गाउँमै आँखाको निःशुल्क उपचार पाएपछि वर्षौंपछि ज्योति फर्केका बिरामीहरु खुसी देखिएका छन् ।

बढ्दो उमेर र आँखाको सुरक्षामा सचेत नहुँदा विशेषगरि ग्रामिण भेगमा मोतीबिन्दुका बिरामीको संख्यामा वृद्धि आएको आँखा चिकित्सक विजय तामाङले बताए । धेरै धुवाँ तथा धुलोका कारण आँखामा समस्या हुने गरेको उनको भनाइ छ ।

दुर्गम ग्रामिण भेगका सर्वसाधरणहरु आर्थिक र भौगोलिक स्थितिले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यले निःशुल्क आँखा शिविर आयोजना गरेको गाउँपालिका प्रमुख किरण राईले बताए ।

प्रकाशित : पुस १४, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?