लागूऔषधका फरार अभियुक्त ६ महिनापछि पक्राउ

प्रदीप मेन्याङ्बो

(सुनसरी) — लागूपदार्थ ओसारपसारमा संम्लग्न रहेको आरोपमा प्रहरीले धरान ३ बस्ने ३४ वर्षीय नविन राईलाई पक्राउ गरेको छ । राईलाई प्रहरीले ६ महिनाअघि नै धरानको भानुचोकमा पक्राउ गर्न खोज्दा को ३१ प ६०७३ मोटरसाइकल बाटैमा छाडेर भागेका थिए ।

लागूऔषधका फरार अभियुक्त ६ महिनापछि पक्राउ

फरारको सूचीमा रहेका राईको मोटरसाइकलको डिकिमा १ सय ११ एम्पुल लुपिजेसिक, १ सय १८ एम्पुल एभिल र १ सय ४ एम्पुल डाइजेलाव बरामद भएको थियो ।


गत जेठ १३ गतेदेखि फरार राईलाई पक्राउ गरी सोमबार सुनसरी जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धन अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ३०, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?