कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आवास योजना अलपत्र

मोरङ — विराटनगर महानगरपालिका १९, धनपुरामा ‘महानगर आवास योजना’ अन्तर्गत ६० घरधुरी सुकुम्बासीका लागि निर्माण भइरहेको नमुना बस्ती अलपत्र बनेको छ ।

महानगरले उपलब्ध गराएको १ बिघा ४ कठ्ठा ऐलानीमा ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको २ करोड ८८ लाखको सहयोगमा सहारा नेपाल र जीवन विकास समाज विराटनगरले स्थानीय ६० घरधुरी सुकुम्बासी परिवारका लागि आवास निर्माण गरिरहेका छन् । पहिलो चरणमा स्थानीय ३० घर मुसहर समुदाय र २ घर विश्वकर्मा समुदायका लागि निर्माण भइरहेको आवासमध्ये ६ वटा निजी जग्गामा परेकाले निर्माण रोकिएको दातृ संस्थाका प्राविधिक अनिल

घिमिरेले बताए ।


महानगरपालिकाले पटक–पटक नाप नक्सा गरी उपलब्ध गराएको उक्त जग्गामा घर निर्माणको अन्तिम चरणमा पुगेपछि निजी जग्गा पर्न गएको खुलेपछि काम रोकिएको उनको भनाइ छ । स्थानीय गंगा खतिवडाको निजी जग्गा आवास योजनामा पर्न गएको हो । महानगरले कमिसनको खेलमा चलनचल्तिको मूल्य भन्दा महंगोमा उक्त जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।


खतिवडाले वडा १९ कार्यालयमा आफ्नो निजी जग्गामा आवास योजना निर्माण भइरहेकाले तत्काल रोकी पाउँ भनी उजुरी दिएपछि निर्माण रोकिएको हो ।


वडा १९ का अध्यक्ष बद्रीनारायण सरदारले महानगरकै अमिनले पटक–पटक सर्वपक्षीय भेलाबीच नापनक्सा गर्दा पनि अहिले घर निर्माणको अन्तिम चरणमा पुगेका बेला निजी जग्गा पर्न गएको सुन्दा अचम्म लागेको बताए ।


‘आवास योजनामा निजी जग्गा परेको उजुरी आएपछि निर्माण रोकिएको छ,’ उनले भने, ‘महानगरले अहिले मुआब्जा दिएर आवास योजना पूरा गर्ने तयारी गरेको छ ।’ उक्त जग्गा सडक छेउको अधिकतम २५ लाख र सडक नछोएको जग्गाको मूल्य १५ लाख प्रतिकठ्ठाको चलनचल्तिका दरमा बिक्री भइरहेको तर जग्गा धनीले ३ लाख रुपैयाँ प्रतिधुरमा महानगरले खरिद गरे मात्रै दिने भनिरहेको सरदारले सुनाए ।

प्रकाशित : मंसिर ३०, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?