कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

हत्या गरी फरार तीन पक्राउ

खोटाङ — एक युवालाई हत्या गरी फरार तीन जना पक्राउ परेका छन् । गत मंसिर २६ गते राति साढे ८ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ गैरी गुठका २७ वर्षीय रमेश राईको हत्या गरी फरार भएका उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

हत्या गरी फरार तीन पक्राउ

हत्यामा संलग्न हलेसी तुवाचुङ नगरपालिका–९ तल्लो चिचिङ्गाका २७ वर्षीय भविन्द्र राई, २१ वर्षीय अशोक राई र २५ वर्षीय बलराम राई ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने घुर्मी आसपासबाट पक्राउ परेका हुन् ।


आरोपी मध्ये भविन्द्र राई सशस्त्र प्रहरी बल हलेसी गुल्म मझुवागढीमा कार्यरत सिपाही हुन् । घटनाकै दिन घर बिदामा गुल्मबाट निस्किएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका डीएसपी भोला गिरीले बताए ।


उनीहरुलाई पक्राउपछि सात दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

प्रकाशित : मंसिर २९, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?