धरानबाट ५ जना लागूऔषध कारोबारी पक्राउ

सुनसरी — प्रहरीले धरानको विभिन्न स्थानबाट लागूऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । 

धरानबाट ५ जना लागूऔषध कारोबारी पक्राउ

पक्राउ पर्नेहरुमा इटहरी–२० तरहरा बस्ने २१ वर्षीय बाबु बुढाथोकी र १९ वर्षीय निरन राई, धरान–११का ३२ वर्षीय मणिकुरमा लिम्बू, बराहक्षेत्र–३का ३० वर्षीय विष्णुकुमार लिम्बू र धरान–१५ श्यामचोक का २३ वर्षीय सुमन परियार रहेका छन् ।


यसैबीच, प्रहरीले आठमहिना अघि ज्यान मार्ने उद्योगमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । धरान १५ बस्ने २३ वर्षीय ‘दाँते’ भनिने गणेश राईलाई पक्राउ गरेको हो ।


राईले ०७५ बैशाख ७ गते धरान ५ देउरालीका सुजन भुजेललाई खुकुरी प्रहार गरी फरार थिए ।

प्रकाशित : मंसिर २९, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?