१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अटो र गाडी जुध्दा २ को मृत्यु

रमेशचन्द्र अधिकारी

(धनकुटा) — छथर जोरपाटी गाउँपालिका २ फलैचामा आइतबार मध्याह्न १२ बजे भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । हिलेबाट सिधुवातर्फ जाँदै गरेको को. २ ह ६६११ को अटो विपरीत दिशाबाट आइरहेको को.१ ख ६९१२ को लो प्याड गाडीमा ठोक्किएर दुर्घटना भएको हो ।  

अटो र गाडी जुध्दा २ को मृत्यु

दुर्घटनामा अटोका चालक धनकुटा नगरपालिका २ का २५ वर्षीय दशरथ पाख्रिन र यात्रु तेह्रथुम छथर १ शुक्रबारेका ४५ वर्षीय साङ्गे शेर्पाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।


यसैगरी, दुर्घटनामा छथर जोरपाटीका रविन घिमिरे र तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रदीप बस्नेत घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पताल धनकुटामा उपचारका लागि पठाइएको छ ।


दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खड्काले जानकारी दिए ।

प्रकाशित : मंसिर २९, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?