१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डुम्रेधारापानी दुर्घटना : घाइतेको पनि मृत्यु

खोटाङ — डुम्रेधारापानी सवारी दुर्घटनामा घाइतेको पनि मृत्यु भएको छ । शनिबार दिउँसो रावाबेंसी गाउँपालिका–४ डुम्रेधारापानीमा ना १ ज ३७४७ नम्बरको बोलेरो जिप दुर्घटनामा सख्त घाइते चालक सल्यान सारदा नगरपालिका–११ का २५ वर्षीय रामबहादुर कुँवरको राति ११ बजे मृत्यु भएको हो । गाडीमा सवार मालिक ४० वर्षीय रमेश अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाकै दिन साँझसम्म हेलिकप्टरमार्फत काठमाडौं लैजाने कोसिस गर्दा खराब मौसमका कारण असम्भव भएपछि दिक्तेल ल्याइएको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । मृतकमध्ये रमेशको ऐंसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्र र कुँवरको आफन्त आएपछि दिक्तेल अस्पतालमै गरिने डिएस्पी गौतमले सुनाए ।


प्रकाशित : मंसिर २९, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?