कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

एकीकृत भन्सार जाँच चौकी सञ्चालन तयारी

मोरङ — मोरङको बुधनगरमा निर्मित नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी २०१९ भित्रै सञ्चालनमा आउने भएको छ । उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालसहितको टोलीले केही दिनअघि अनुगमन गरेको थियो । सचिव अर्यालले हस्तान्तरणको प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याउने बताएका छन् ।

एकीकृत भन्सार जाँच चौकी सञ्चालन तयारी

बुधनगरमा नेपाल सरकारले अधिग्रहण गरी उपलब्ध गराएको १ सय २९ बिघा जग्गामा भारत सरकारले २ अर्ब ८ करोडको लागतमा जाँच चौकी निर्माण गरेको हो । चौकी निर्माणका लागि भारतको दिनेशचन्द्र आर. अग्रबाल इन्फ्राकन अहमदावादले सन् २०१६ डिसेम्बरमा १ अर्ब ८३ करोड ३२ लाख ८० हजारमा निर्माणको ठेक्का सम्झौता गरी निर्माण कार्य पूरा गरिसकेका छ ।


निर्माण कम्पनीका परियोजना प्रमुख इन्जिनियर अबधेशकुमार साहले जाँच चौकीको निर्माण सम्पन्न भइसकेकाले चाँडै हस्तान्तरण गर्ने तयारी गरेको बताए ।


जाँच चौकीको प्यागोडा शैलीको मुख्य प्रशासनिक भवन, प्रवेशद्वार, सुरक्षा ब्लक, क्यान्टिन, चिलिङ सेन्टर, पशु र कृषि क्वारेन्टाइन चेक पोस्ट, ल्याब ब्लक, वाटर ट्यांक, पार्किङ स्थलको निर्माण, सुरक्षा भवन, सडकलगायतका संरचना निर्माण गरिएको छ । रंगरोगन, गार्डेनिङ, विद्युत्, पानी, ढल निकासलगायत सबै काम भइसकेको साहले सुनाए ।


जाँच चौकी सञ्चालन भएपछि विराटनगर भन्सारबाट भारतलगायत तेस्रो मुलुकबाट मालवस्तु आयात निर्यात सहज हुन्छ । भारत र नेपाल दुवैतर्फ आमने–सामने भन्सार जाँच चौकी हुँदा तत्काल जाँचपास भएर आयात–निर्यात गर्न सहज हुने उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

जाँच चौकीले ल्याब परीक्षणका लागि पनि कलकत्ता पुग्नै पर्ने झन्झटबाट यहाँका उद्योगी व्यवसायी मुक्त हुने राउतको भनाइ थियो ।

भारत सरकारले आमने–सामने नेपाल र भारत दुवैतर्फ एकीकृत भन्सार जाँच चौकी निर्माण गरेको हो । भारततर्फ ६४ हेक्टर क्षेत्रफलमा १ अर्ब ३१ करोड ९८ लाख ४० हजारको लागतमा सन् २०१६ नोभेम्बर १५ मा निर्माण सम्पन्न भएर जाँच चौकी सञ्चालन हुँदै आएको छ ।


चौकी सञ्चालन भएसँगै विद्युतीय कार्गो रेल विराटनगर आउनेछ । भारत सरकारले भारतको बथनाहादेखि विराटनगर १८ लावाघाटसम्म भारत सकरकारको सहयोगमा रेलमार्ग निर्माण भई गत वर्षको कात्तिकमा नै परीक्षणसमेत भइसकेको छ ।


अहिले भारतको बथनाहामा विद्युतीय कार्गो रेलबाट आएका मालवस्तु मालबाहक सवारीमा विराटनगर ल्याउन उद्योगी व्यवसायी बाध्य छन् । जाँच चौकी सञ्चालन भएपछि कोलकत्ताबाट कार्गो रेल सोझै विराटनगर आउने राउतले बताए ।

अहिले व्यापारीहरूलाई भारतलगायत तेस्रो मुलुकबाट नेपालतर्फ मालसामान ल्याउँदा बथनाहादेखि विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सडक जामले सातासम्म समय लाग्ने गरेको छ ।


जोगबनीस्थित रेलवे स्टेसनबाट विराटनगर भन्सार कार्यालयसम्म नै दुईतर्फी जामले ट्रक ल्याउन दिनभर लाग्ने गरेको छ । यो जाँच चौकी निर्माण भएपछि य

प्रकाशित : मंसिर २९, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?