कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

२१ स्थानीय तह वनविहीन

मोरङ — प्रदेशका २१ वटा स्थानीय तह वनविहीन छन् । प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले तराई–मधेस हरियाली वन विस्तार कार्यक्रमअन्तर्गत ‘एक वडा, एक वन’ लगाउने नीति ल्याएको छ । १० प्रतिशतभन्दा कम वन क्षेत्र भएका स्थानीय तहहरूका लागि उक्त कार्यक्रम ल्याइएको हो । 

मोरङको ९, सुनसरीको ७ र झापाको ५ वटा स्थानीय तह वनविहीन छन् । मोरङको विराटनगर महानगर, रंगेली, रतुवामाई र सुनवर्षी नगरपालिका र कटहरी, जहदा, ग्रामथान, धनपालथान र बूढीगंगा गाउँपालिका वनविहीन छन् ।


यस्तै, सुनसरीको दुहबी र इनरुवा नगरपालिका र बर्जु, देवानगन्ज, गढी, हरिनगर र कोसी गाउँपालिका र झापाको विर्तामोड र

गौरादह नगरपालिका र बाह्रदशी, गौरीगन्ज र झापा गाउँपालिका वनविहीन छन् । यस्तै, १० प्रतिशतभन्दा कम वन क्षेत्रफल भएका स्थानीय तहमा मोरङको पथरी शनिश्चरे र उर्लाबारी नगरपालिका, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका र झापाको भद्रपुर र दमक नगरपालिका र कमल र केचनाकबल गाउँपालिका छ ।

झापाको शिवशताक्षी नगरपालिकामा १४ दशमलव ९७ प्रतिशत वन क्षेत्र भए पनि उक्त बन रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गत रहेकाले त्यसमा पनि बन विकास कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । प्रदेश १ को कुल २६ लाख ४२ हजार ३ सय १० हेक्टर क्षेत्रफलमध्ये ४४ दशमलव ४३ प्रतिशत बन क्षेत्र छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना शाखा/वन व्यवस्थापन शाखा प्रमुख घनश्यामकुमार यादवले सरकारको बिरुवा उत्पादन र वृक्षरोपण कार्यक्रम लक्ष्यअनुसार अघि बढ्न नसकेको स्विकारे । उनले भने, ‘बिरुवा उत्पादनको अनुपातमा वृक्षरोपण भएको क्षेत्र नदेखिनुको विभिन्न कारण छन् ।

वन कार्यालयहरूले गरेको वृक्षरोपण प्रभावकारी भइरहेको तर किसानहरूलाई वितरण गरिने बिरुवाको अनुपातमा वृक्षरोपण कम देखिने गरेको छ ।’

प्रकाशित : मंसिर २९, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?