३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गुणस्तर दिन नसक्ने शिक्षकलाई पेसा फेर्न मन्त्रीको आग्रह

मोरङ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने शिक्षकलाई पेसा परिवर्तन गर्न आग्रह गरेका छन् । प्रेस संगठन मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शिक्षक आफै अद्याबधिक भएर गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने हैसियतमा बस्नुपर्ने उनले बताएका हुन् ।

गुणस्तर दिन नसक्ने शिक्षकलाई पेसा फेर्न मन्त्रीको आग्रह

‘देश र विदेशमा भइरहेको नविन्तम खोजलगायतका विषयमा अद्यावधिक भएर गुणस्तरीय शिक्षा दिन शिक्षकलाई सक्षमता प्रदर्शन गर्ने बेला आएको छ,’ उनले भने, ‘विद्यालयमा शिक्षक अद्यावधिक नभएको अवस्थामा अहिलेका सचेत विद्यार्थीले कक्षाबाट आउट गर्ने अबस्था निर्माण हुन्छ ।’ त्यसैले विद्यालय जागिर खाने थलो मात्रै होइन यसलाई विकाससँग जोड्न सक्ने गुणस्तरीय शिक्षा दिने थलो बनाउन शिक्षकहरुलाई पोखरेलले निर्देशन दिए । उनले शिक्षकलाई योग्य बनाउन आवश्यक सेवा र सुबिधा दिन सरकार तयार रहेको प्रतिबद्धता जनाए ।


उनले मुलुकमा विद्यालय तहदेखि उच्च शिक्षासम्मको मूल्यांकन पद्धति परिवर्तन गर्नुको विकल्प नभएको बताए । २०८५ सम्ममा आधारभूत शिक्षा प्राप्त नगर्नेलाई बैंक खाता खोल्न नपाइने र स्थानीय तहबाट कुनै किसिमको सेवा सुबिधा नपाउने नीति ल्याएकोले सबैलाई यसतर्फ सचेत रहन पोखरेलको आग्रह थियो ।


अब प्रत्येक नागरिकले एउटा सीप सिक्नैपर्ने शैक्षिक नीति ल्याएको उनले सुनाए । उनले पहिले शिक्षासम्बन्धी नीति ल्याएर अब संसदको चालु अधिवेशनमा नै उच्च, साधारण र प्राविधिक तथा व्यवसायिक शिक्षासम्बन्धी तीन वटा छुट्टाछुट्टै ऐन ल्याउन लागेको उनले जानकारी गराए ।


पोखरेलले मुलुकका सबै विश्वविद्यालयले अब चाँडै नेतृत्व प्राप्त गर्ने बताए । उपकुलपतिको सिफारिस आफूले गरिसकेकोले अब चाँडै नियूक्त हुने उनको भनाई थियो ।

प्रकाशित : मंसिर २८, २०७६ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?