दुर्घटनामा १ को मृत्यु, २ घाइते

मोरङ — पूर्व-पश्चिम राजमार्गको मोरङ, सुन्दर हरैंचा नगरपालिका-१० मा कन्टेनरसँग ठोकि्कएर भएको दुर्घटनामा अटो रिक्सामा सवार एकजनाको मृत्यु भएको छ । 

को२ह २४०७ नम्बर अटो टायर पन्चर भएर अनियन्त्रित भइ रोकिराखिएको ना५ख ५६०१ नम्बर कन्टेनरसँग शुक्रबार राति ठोक्किएको थियो ।


प्रहरीका अनुसार अटोमा सवार दीपक शंकरको मृत्यु भएको हो । अटोमै सवार दुईजना घाइते भएका छन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


प्रकाशित : मंसिर २८, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?