२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कुटपिटले युवकको मृत्यु

विराटनगर — सोलुखुम्बुको दूधकोसी गाउँपालिका-३ दाम्कुमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर कार्कीको बिहे घरमा भेला भएको एक समूहको कुटाइले १८ वर्षीय पबिधन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुई दिनअघिको सो घटनामा सिकिस्त भइ उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पतालमा लगिएको राईको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्नमध्ये डाकमान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २८, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?