वडाध्यक्षमाथि मुद्दा दायर

मोरङ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाँउपालिका–१ का वडाध्यक्ष उमेशकुमार साहलाई रंगेहात घूससहित पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

ग्राभेल सडक निर्माण योजनाको सम्झौतापछि कामका लागि घूस मागेको अवस्थामा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई २१ हजार रुपैंया घूससहित नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : मंसिर २७, २०७६ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?