वडा कार्यालयमा आगजनी

दीपेन्द्र शाक्य

संखुवासभा — जिल्लाको मादी नगरपालिका ५ को भवनमा अज्ञात समूहले आगजनी गरेका छन् । बुधबार राति आगलागीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायत सामान जलेर नष्ट भएको मेयर विदुर सुब्बाले जानकारी दिए । 

सोही समूहले राति नै सगरमाथा कन्ट्रक्सन कम्पनीको ‘थ्री ट्वान्टी डी टू’ क्याट स्काभेटरमा समेत आगो लगाएको संखुवासभा प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी खोजी भइरहेको संखुवासभा प्रहरी प्रमुख डिएसपी मिम लामाले बताए । घटनास्थल सदरमुकाम खाँदबारीबाट झन्डै ८० किलोमटिर टाढा पर्छ ।

प्रकाशित : मंसिर २६, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?