कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेकपा नेताद्वारा सरकारी जमिन व्यक्तिको नाममा गर्ने प्रयास

सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको आरोप, अदालतद्वारा नेकपा नेता पुरीलाई पक्राउ गर्न पुर्जी जारी

बिर्तामोड — सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले नेकपाका स्थानीय नेता गगन पुरीलाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरीले दमक नगरपालिका–८ स्थित सरकारी जमिन मालपोत र नापीका कर्मचारीहरुसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ११ बिघा सरकारी जमिनलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाका एक सामान्य व्यक्तिको नाममा पास गराएर हत्याउन खोजेको डीएसपी महेन्द्रकुमार श्रेष्ठले जनाए । पुरीले उक्त सरकारी जग्गा पास गरिदिन लागेका पथरीका ओमप्रकाश पौडेललाई मंसिर १६ गते पक्राउ गरेको छ । प्रहरीकाअनुसार पौडेल टेम्पो चालक हुन् ।


२ कट्टा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउनेगरी काम अघि बढाएको अनुसन्धानबाट खुलेको छ । सरकारी जमिन व्यक्तिको नाममा लानका लागि पुरीले सरकारी छाप र हस्ताक्षर दुरुपयोग गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठकाअनुसार उक्त जमिन व्यक्तिको नाममा पास गराउने कार्यमा मालपोत र नापीका कर्मचारी तथा सर्जमिन गर्ने व्यक्तिहरुबारे पनि अनुसन्धान भइरहेको छ । पुरीले उक्त सरकारी जमिन ०७१ सालदेखि व्यक्तिको नाममा पास गराउने प्रक्रिया सुरु गरेको अनुसन्धानबाट देखिएको छ ।


पुरी पूर्व एकीकृत माओवादी केन्द्रका नेता हुन् । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदका उम्मेदवार समेत बनेका थिए । पुरी दमकदेखि पाँचथरसम्म जोड्ने रणनीतिक सडक दमक–रबि सडक निर्माण उपभोक्ता समितिका निर्वाचित अध्यक्ष समेत हुन् ।

प्रकाशित : मंसिर २०, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?