१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मादेन मृत भेटिए

आनन्द गौतम

ताप्लेजुङ — मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ९ घर भएका भीमकुमार मादेन लिम्बु  ताप्लेजुङको एक होटलमा मृत अवस्थामा भेटिएका छन् ।

मादेन सदरमुकाम फुङलिङस्थित तागेरा होटलको कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए ।

होटलको कोठामा पसेका लिम्बूलाई खाना खान बोलाउँदा नआएपछि हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक खड्काले मादेन मुटु र रक्तचापका बिरामी रहेको परिवारले जानकारी दिएको बताए ।

नियमित औषधि सेवन गर्ने मादेनको साथमा औषधि पनि पाइएको खड्काले जानकारी दिए । घटनाबारे आवस्यक अनुसन्धान जारी रहेको र मादेनका परिवार आइसकेकाले पोष्टमार्टम गरेर शव जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर १९, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?