कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

टिपरको ठक्करले बालिकाको मृत्यु

(मोरङ) — उर्लाबारी नगरपालिका ५ झुम्राहास्थित भित्रि सडकमा मंगलबार टिपरले ठक्कर दिँदा एक बालिकोको मृत्यु भएको छ । 

टिपरको ठक्करले बालिकाको मृत्यु

स्थानीय जोगिन्दर मण्डलकी ४ वर्षीया छोरी राधिका कुमारी मण्डलको मृत्यु भएको हो । ना८ख ७०५३ नम्बरको टिपरले सडकमा हिँडिरहेकी राधिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो ।


टिपर र चालक रतुवामाई नगरपालिका ५ का ३० वर्षीय आशिष कठेतलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर १७, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?