२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘सिद्धबाबा’ पक्राउ

सुनसरी — अनुयायीलाई बलात्कार गरेको आरोपमा ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । सुनसरीको बराहक्षेत्रस्थित चतराको रामानन्दाचार्य सेवा पीठका संरक्षक गिरीविरुद्ध मंसिर ११ मा उजुरी परेको थियो ।

‘सिद्धबाबा’ पक्राउ

विराटनगरस्थित विराट नर्सिङ होमबाट प्रहरीले नियन्त्रणमा लिई सुनसरी ल्याएको हो । अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट प्रहरीले चार दिनको म्याद थप गराएको छ । मुटुरोगी बताइएका गिरीबारे अदालतले पनि ‘उनी जुन अस्पतालमा छन्, त्यहीँ राखेर उपचार जारी राख्न र त्यहीँबाट बयान लिन’ भनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।


प्रकाशित : मंसिर १७, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?