कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मकालुमा नेकपाका पोख्रेल विजयी

संखुवासभा — मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका तेजबहादुर पोख्रेल विजयी भएका छन् । उनले ३ हजार १८ मत ल्याएर विजयी भएका छन् । नेकपाका पोख्रेलले ८ सय २ मतको अन्तरले विजयी भएका हुन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २ सय १६ मत मात्र ल्याएका थिए । ९ हजार १ मत रहेको मकालुमा ५ हजार ७ सय ७४ मत खसेको थियो । मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए ।

अध्यक्ष पदको तेस्रो पार्टी संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३ सय ३२ मत प्राप्त गरेका छन् । नेकपाका विजयी उम्मेदवार तेजबहादुर शिक्षक पेसाबाट अवकास लिएर राजनीतिक क्षेत्रमा आएका हुन् । मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जिप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो । उनी तत्कालिन एमालेबाट निर्वाचित भएका थिए ।


त्यस्तै, खाँदबारी नगरपालिका वडा नम्बर ३ मा पनि नेकपाकै उम्मेदवार विजयी भएका छन् । खाँदबारी नगरपालिका ३ मा नेकपाका भरत घिमिरे विजयी भएका हुन् । उनले ७ सय ९६ मत ल्याउँदा कांग्रेसका उम्मेदवार ४ सय ६७ मतमा सीमित भए ।

प्रकाशित : मंसिर १५, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?