गाडी पल्टिँदा ४ घाइते

प्रदीप मेन्याङ्बो

(सुनसरी) — सुनसरीको धरान उपमहानगर १३ अमरहाटमा आइतबार बिहानै गाडी पल्टिँदा ४ जना घाइते भएका छन् । धरानबाट तेह्रथुमतिर जाँदै गरेको को १ ज २८९२ नम्बरको टाटा सुमो अनियन्त्रित भइ सडकमै पल्टिएको थियो ।

गाडी पल्टिँदा ४ घाइते

घाइतेमध्ये तेह्रथुमको फाक्चामारा १ बस्ने भीमरानी लिम्बु र लिलादेवी लिम्बु गम्भीर घाइते भएका छन् । अन्य दुईजना काठमाडौं घर भएका सुमित्रा देवान र पुनम देवान सामान्य घाइते छन् । उनीहरुलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याइए पनि सीटी स्क्यान बिग्रेकाले सख्त घाइते भिमरानी र लिलादेवीलाई बाहिर पठाइएको छ ।

उनीहरुलाई धरानकै विजयपुर हस्पीटलमा सीटी स्क्यान र थप उपचार भइरहेको प्रहरीले जनाएको छ । वृद्ध भिमरानीको एकापट्टिको कानै चुँडिएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?