धरानमा ५९ प्रतिशत मत खस्यो

गणक र दलका प्रतिनिधि वीच जालिदार घेराबारा
प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिकामा प्रमुख र वडा-७ को वडाध्यक्षकालागि भएको उपनिर्वाचनमा शनिबार ५९ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्म मतदान भएको धरानका २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा यसअघिको स्थानीय तहको चुनावमा खसेकै हाराहारीमा मत खसेको हो । 

ZenTravel

०७४ को स्थानीय तहको निर्वाचनमा ६७ दशमलव ८७ प्रतिशत मत खसेको थियो । त्यसबेला ७९ हजार २ सय ९० मतदाता संख्या थियो । यसपटक बढेको १३ हजार मत सहित ९२ हजार ८ सय ५३ मतदाता रहेकोमा ५९ प्रतिशत मत खसेको निर्वाचने अधिकृतको कार्यालयले जनाएको छ ।

Meroghar


सबैभन्दा बढी धरान १४ को विजयपुरस्थित पञ्चायत माविको मतदान स्थलमा ६७ प्रतिशत मत खसेको थियो भने सवै भन्दा कम धरान–८ भोटेपुलस्थित ल्यावरोटरी मावि मतदान स्थलमा ५० प्रतिशत मत खसेको थियो । खसेको मतको प्रतिशतअनुसार यसपटक धरानका ५४ हजार ७ सय मतको खसेको देखिन्छ । यसअघिको स्थानीय तहको निर्वाचनमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।
मतदातासंख्या बढेको तुलनामा मत कमै खसेको छ । ०७४ मा खसेको भन्दा ९ सय ७१ मत बढी मत यसपटकको उपनिर्वाचनमा खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले धरानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए । मतदान केन्द्रबाट मतपेटिकाहरु धरान–१५ को पुस्पलालस्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेकाले मतगणनाका लागि सर्वदलीय बैठक बसेर निर्णय गर्ने तयारी भएको छ ।
बेलुका ८ बजे सर्वदलीय बैठकले गरेको निर्णयअनुसार मतगणना गरिने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए । मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ । मतगणनास्थलमा २ वटा सीसीटिभीको निगरानीमा मतगणना गरिने र गणक र उम्मेदवारका प्रतिनिधिहरुबीचमा जालीदार घेराबारा समेत राखिएको छ ।

०७४ मा सम्पन्न चितवनको भरतपुरमा मतगणना हुँदाहुँदै दलका प्रतिनिधिहरुले मतपत्र च्यातेकाले मतपत्रको सुरक्षाको लागि तारको घेराबारा गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७६ १९:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संखुवासभाको मकालुमा ६४ र खाँदबारी-३ मा ७० प्रतिशत मत खस्यो

कान्तिपुर संवाददाता

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ६४ दशमलव १५ प्रतिशत मत खसेको छ । 


खाँदबारी नगरपालिका-३ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको छ। मकालु गाउँपालिका-१० र खाँदाबारी-३ मतदान स्थलमा शान्ति पूर्ण र उत्साहका साथ मतदान भएको थियो।

मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा १ हजार ८ सय ३० मतदाता छन्। मकालुमा ७ वटा दल चुनावी मैदानमा छ भने खाँदबारी ३ को वडाध्यक्षमा नेकपा र कांग्रेसको मात्र उमेदवारी छ।

प्रकाशित : मंसिर १४, २०७६ १९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×